+
+

टोखा हत्याकाण्ड : पोष्टमार्टम रिपोर्टमा के देखियो ?

श्रीमानको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १८:४८

२६ पुस, काठमाडौं । काठमाडौंको टोखामा शुक्रबार राति मृत भेटिएकी सुदिक्षा गिरीले उनको श्रीमान उमेश केसीको हत्यापछि आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । अनुसन्धानलाई पुष्टि गर्ने गरी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टममा संलग्न चिकित्सकले प्रारम्भिक विवरण प्रहरीलाई दिएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘हालसम्मको अनुसन्धान, पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले हत्यापछि आत्महत्या नै गरेको हुनसक्ने देखिएको छ । अन्य पाटोबाट पनि विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसन्धान अधिकृतका अनुसार केसीको बायाँपट्टीको टाउको फ्याक्चर हुने गरी सिलौटो प्रहार गरिएको पाइएको छ । ‘रगत लत्पतिएको सिलौटो बरामद भइसकेको छ, प्रहारबाट उच्च रक्तश्राव भइ मृत्यु भएको चिकित्सकहरुको भनाइ छ’, अनुसन्धानमा संलग्न अधिकृतले अनलाइनखबरसँग भने, ‘चित्सिकहरुको निष्कर्ष डेथ ड्यु टु ब्लन्ट फोर्स इन्जुरी भन्ने छ ।’

चिकित्सकका अनुसार केसीको शरीरको अन्य भागमा कुनै चोटपटक देखिएको छैन । उनको मृत्युको करिब १२ घन्टापछि मात्रै सुदिक्षाले आत्महत्या गरेको भनिएको छ । ‘उमेशको शव नै सड्न लागेको अवस्थामा भेटिएको थियो, हेर्दै अलि पुरानो हुनसक्ने आशंका गरेका थियौं’, अनुसन्धान अधिकृतहरु भन्छन्, ‘सुदिक्षाको घाँटीमा लिगेचर मार्कबाहेक अन्य कुनै पनि संकेत शरीरमा देखिएको छैन ।’

घटनास्थलको अन्य वस्तुस्थितिले पनि उनले आत्महत्या नै गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ ।

यो पनि पढ्नुहोस्

काठमाडौंको टोखामा श्रीमान-श्रीमती मृत भेटिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?