+
+
Shares

१० हजार घुससहित प्रहरी हवल्दार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १५:४९

२८ पुस, काठमाडौं । इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी घुससहित पक्राउ परेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति छुटाइदिने प्रलोभनमा पारेर सेवाग्राहीसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?