Comments Add Comment

म विद्यालयमा ‘नालायक बच्चा’ थिएँ

जान कोरकोरन, जसलाई पढ्न लेख्न रुची थिएन । जोनले विद्यालय, क्याम्पसमा साथै शिक्षण पेशामा रहँदा समेत एक गोपनियता कसैलाई चुहाएनन् । खासमा उनलाई पढ्न आउँदैनथ्यो ।

बाल्यकालमा मेरा आमाबुबा भन्नुहुन्थ्यो कि, म एक विजेता हुँ । र, जिन्दगीको पहिलो ६ बर्षसम्म मलाई पनि त्यस्तै लाग्थ्यो ।

मैलें अलि ढिलो बोल्न सिकें । तर, ठूलो उमंगका साथ विद्यालय गएँ यो सोचेर कि, आफ्नी बहिनीले जस्तै पढ्न–लेख्न सिक्नेछु ।

पहिलो बर्ष त सबै कुरा ठिकठाक थियो । किनभने त्यती धेरै केही गर्नु पर्दैनथ्यो । तर, दोस्रो बर्षदेखि पढ्न सिक्नु थियो । यही बिन्दुमा पुगेपछि मलाई यस्तो लाग्यो कि, मेरो सामुन्ने कुनै चिनियाँ भाषाको अखबार पल्टाइएको छ र म ति अक्षरहरु पटक्कै ठिम्याउन समर्थ छैन ।

एक ६–७ बर्षिय बच्चाका लागि यति जटिल कुरा याद गर्नु सजिलो कुरा थिएन ।

मलाई सम्झना छ कि, राती सुतेको समयमा म भगवानलाई प्रार्थना गर्थें, ‘प्लिज भगवान, जब म बिहान उठ्नेछु मलाई पढ्न आओस् ।’ कहिले काहिँ त म रातमै उठेर पुस्तक पल्टाउथे, ताकि कुनै चमत्कार भइदियोस् । तर, कुनै चमत्कार भएन ।

म विद्यालय होइन, युद्धमा जान्थें

म ‘नालायक बच्चाको’ पंक्तिमा बस्न थालें । यो पंक्तिमा त्यस्तै बच्चाहरु थिए, जसलाई पढ्न लेख्नमा मलाई जस्तै दिक्क लाग्थ्यो । मलाई थाहा छैन कि, म त्यहाँ कसरी पुगें ? मलाई यो पनि थाहा थिएन कि, त्यहाँबाट कसरी बाहिर आउने ? मलाई पटक्कै थाहा थिएन कि, के प्रश्न गरौं ?

शिक्षकले त हाम्रो पंक्तिलाई ‘नालायक बच्चाको पंक्ति’ भन्दैनथे । तर, बच्चाहरुले नै त्यस्तो भन्थे । र, त्यो पंक्तिमा राखिएपछि स्वत आफुलाई ‘म नालायक’ भन्ने भान पर्दथ्यो ।

अभिभावक-शिक्षक मिटिङमा मेरा शिक्षकले आमाबुबासँग भने, ‘ऊ धेरै तेज बच्चा छ, उसले सिक्छ ।’

हरेक बर्ष शिक्षकले त्यसै भन्थे र मलाई अर्को कक्षामा चढाइन्थ्यो ।

तर, मलाई केही पनि थाहा हुँदैनथ्यो ।

जब म पाँचौ कक्षामा पुगें तब पढ्ने–लेख्ने इच्छा त्यागें । म हरेक बिहान उठ्थे, तयार हुन्थें, बिद्यालय जान्थें । मानौ कुनै युद्धमा गइरहेको छु । मलाई कक्षाप्रति वितृष्णा थियो ।

सातौं कक्षामा पुगेपछि त म दिनभर प्रिन्सिपलको कक्षामा बस्थें । म लड्थे, जोकर थिएँ, बिद्रोही थिएँ, कक्षामा डिस्टर्ब गर्थे, कक्षाबाट निकालिन्थें ।

तर, भित्रबाट म त्यस्तो थिइँन । म त्यस्तो बन्न चाहन्थे । म राम्रो बिद्यार्थी बन्न चाहन्थें । बस्, त्यस्तो बन्न चाहि सकिरहेको थिइँन ।

आठौं कक्षामा पुग्दासम्म मैले आफ्नो परिवारलाई लज्जित बनाइरहें । र, म थाकिसकें । मैलें सोचें, अब म ठीक हुन्छु ।

म खेलाडी बन्न चाहन्थे । मसँग खेलाडीको प्रतिभा पनि थियो । मेरो गणित राम्रो थियो । विद्यालय जानुअघि नै मैले पैसा गन्न सिकेको थिएँ ।

म आफ्नो नाम लेख्न सक्थें । तर, अरु शब्द वा वाक्य पुरा लेख्न सक्दिनथें । म हाइ स्कुलका विद्यार्थी भएर पनि प्राथामिक स्कुलका विद्यार्थी जस्तै थिएँ । तर, मैलें कहिले पनि कसैलाई भनिन कि म पढ्न सक्दिन ।

चिटिङबाट पास भएँ

परीक्षाको समयमा म अर्काको पेपर हेर्थें वा अरुलाई मेरो पेपर लेख्न लगाउँथें । तर, जब म खेलको छात्रवृत्ति लिएर कलेजमा पुगें, तब यस्तो सजिलो भएन ।

पुरानो प्रश्नपत्र मिल्थ्यो । एक यो पनि उपाय थियो, परीक्षाबाट उम्कने । यस्तो पार्टनरको साथ कक्षामा जान्थें, जसले मलाई सहयोग गर्छ । कति प्रोफेसर यस्ता थिए, जो हरेक बर्ष एउटै प्रश्नपत्र प्रयोग गर्थे ।

एक पटक एक प्रोफेसरले ४ वटा प्रश्न बोर्डमा लेखें । म कक्षाको पछाडि बसेको थिएँ । झ्यालको छेवैमा ।

मेरो नजिकै उत्तरपुस्तिका थियो । मैले चार वटा प्रश्न लेखें । मलाई थाहा थिएन कि त्यस प्रश्नको अर्थ के हो ?

मैलें अगाडि नै एक साथीलाई झ्याल बाहिर राखेको थिएँ । ऊ विद्यालयको सबैभन्दा तेज बिद्यार्थी थियो ।

मैलें झ्यालबाट आफ्नो उत्तर पुस्तिका पठाएँ, ताकि उसले त्यसबो जवाफ लेख्न सक्छ । मेरो सर्टमा अर्को पनि एक उत्तर पुस्तिका लुकाएको थिएँ । मैले त्यसलाई निकालेर लेखेको नाटक गरें ।

म पास हुनका लागि यति धेरै पागल भएको थिएँ ।

त्यसपछि मैले एक रात प्रोफेसरको अफिसमा पसेर प्रश्नपत्र चोरोको पनि थिएँ ।

चोरी गरेपछि मैले एक पटक खुसी भएको थिएँ, आफु चलाख भएकोमा । त्यती मुश्किल काम मैले गरेको थिएँ तर त्यसपछि आफ्नो घर आएर रुनु पर्नेभयो ।

मैले किन कसैको सहयोग मागिन ? किनभने कोहीपनि मलाई सहयोग गर्न सक्दैनथे । कसैले मलाई पढाउन सिकाउन सक्दैनथे ।

मेरो अध्यापकले, मेरो आमाबुबाले मलाई बताउथे कि, कलेजमा राम्रो डिग्री गरेपछि राम्रो जागिर पाइन्छ । मलाई पनि त्यस्तै लाग्थ्यो । मेरो मस्तिष्कमा केवल डिग्रीको प्रमाणपत्र हासिल गर्ने चाह थियो ।

मलाई शिक्षकको जागिर मिल्यो

मैले ग्राजुएसन गरें । कलेजमा अध्यापकको पनि कमी थियो, तयसैले मलाई अध्यापकको जागिरको अफर आयो । यो एकदमै निरर्थक थियो कि, जुन समस्याबाट फुत्किएको थिएँ । म फेरी त्यही समस्यामा फस्दै थिएँ ।

मैले यो जागिर किन खाएँ ? विद्यालय वा क्याम्पसमा म पक्राउ पर्दिनथें । र, आफ्नो कमजोरी लुकाउन मेरो लागि राम्रो बिकल्प थियो, शिक्षकको जागिर  ।  कसले शंका गर्ने कि, एउटा शिक्षकलाई पढ्न आउँदैन ।

मैले धेरै कुरा पढाएँ । म खेल्न सिकाउँथें । सोशल साइन्स बिषय पढाउँ । मैले टाइपिङ पनि सिकाएँ । म एक मिनेटमा ६५ शब्द टाइप गर्थें तर मलाई थाहा थिएन कि, म के टाइप गर्दैछु । मैलें कहिले पनि ब्ल्याकबोर्डमा लेखिन । हामी कक्षामा धेरै फिल्म हेथ्र्यों र त्यस बिषयमा खुब चर्चा गथ्र्यौं ।

यसबीचमा मेरो बिहे भयो । मैले बिबाहअघि पत्नीलाई यर्थाथ बताउँछु भन्ने सोचेको थिएँ । मैलें उनलाई बताएँ कि, मलाई पढ्न आउँदैन । तर, उनले के ठानिन् भने, मलाई लेखपढामा खास रुची छैन ।

बिहे भयो र हाम्रो छोरी पनि भयो ।

मेरो कमजोरीको पोल त्यसबेला खुल्यो, जब म आफ्ना तीन बर्षका छोरीलाई कितब पढेर कथा भनिरहेको थिएँ ।

म स्वंम कथा बनाएर उसलाई सुनाइरहेको थिएँ । मतलब किताब सही ढंगले पढिरहेको थिइँन ।

जब मेरी पत्नीले सुनिन, मेरो कमजोरीको पोल खुल्यो । तर, उनले मलाई घृणा गरिनन् । बरु सहयोग गर्न थालिन् ।

मलाई आफु नालायक लाग्थ्यो । मलाई म आफु बनावटी लाग्थ्यो । म धोका दिइरहेको थिएँ । म आफ्नो बच्चालाई राम्रो हुनुपर्छ वा सही मार्गमा हिँड्नुपर्छ भनेर सिकाइरहेको थिएँ । जबकी त्यस कक्षामा सबैभन्दा ठूलो झुट म नै थिएँ ।

अन्ततः मैलें पढ्न सिकें

मैलें सन् १९६१ देखि १९७८ सम्म हाइ स्कुलमा पढाएँ । जागिर छाडेको ८ बर्षपछि मेरो जिन्दगीमा परिवर्तन आयो ।

त्यसबेला म ४७ बर्षको थिएँ, जब मैले अमेरिकाको उप–राष्ट्रपतिकी पत्नी बारबरा बुशले टिभीमा वयस्काका लागि शिक्षाको बारेमा बोलिरहेकी देखें । त्यसअघि मैले यस बिषयमा कसैले बोलेको सुनेकै थिइँन । र, मलाई लाग्थ्यो कि म मात्र यस्तो समस्याको शिकार हुँ ।

एक दिन पसलमा दुई महिलाले आफ्ना वयस्का दाईको पढाईको विषयमा चर्चा गरिरहेका थिए, जो लाइब्रेरीमा पढ्न जान्थे । उनीहरु पढ्न सिक्दै थिए ।

एक सुक्रबार साँझ म पनि लाइब्रेरी गएँ र साक्षरता कार्यक्रमको निर्देशकसँग भेटें । मैले उनलाई भने कि, मलाई पढ्न आउँदैन ।

मेरो जिन्दगीको ऊ दोस्रो पात्र थिए, जसलाई मेरो गोपनियता थाहा भयो ।

मैले त्यहाँ ६५ बर्षका एक ट्युटर मिल्यो । ऊ शिक्षक थिएनन् तर उनलाई पढाउन रमाइलो लाग्थ्यो ।

सुरुवातमा मलाई उनले त्यही लेख्न भने, जुन मेरो दिलमा छ । मैले सबैभन्दा पहिला एक कविता लेखें । जुन कुरा म महसुष गर्थें, त्यो कवितामा व्यक्त थियो । कविताको खास फाइदा त के भने, त्यसमा पुरा वाक्य लेख्नु जरुरी छैन ।

ट्युटरले मलाई छैठौं कक्षाको स्तरसम्म पढाउन सिकाए । तर सात बर्षपछि मलाई महसुष भयो कि म साक्षर छु भन्ने । जब मैले पढ्न सिकें, धेरै रोएँ । वास्तवमा मैले त्यही कुरा सिक्नका लागि जीवनमा लामो छटपटी झेलें । ४८ बर्षसम्मम अध्याँरोमा रहें । आखिर मैले आफ्नो भूतबाट छुटकारा पाएँ ।

स्रोतः बिबिसी   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment