Comments Add Comment

मानिसहरु बालुवाटारतिर जानै डराउँछन्, केन्द्रीय सदस्य बनाइदिहाल्छन् : माधव नेपाल

फाइल तस्वीर

४ माघ, दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् ।

कार्यकर्ता भेला सम्बोधन गर्न दाङ पुगेका नेपालले ओली समूहको केन्द्रीय कमिटीको संख्या आफैंमा झमेला भइसकेको बताए । ‘बालुवाटारतिर मान्छे जानै डराउँछन् । पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् । कतिलाई केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो भएको छ’, नेपालले भने ।

ओलीले केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरिसकेको नेपालले बताए । एक सयको हाराहारीमा रहेकाहरुले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यो संख्या पाँच हजार पुग्ने अध्यक्ष नेपालले बताए । ‘केपी ओलीले जे गरेपनि ठीक भयो भन्ने भारदारहरु छन् । संसद् विघटनलाई पनि ठीक गर्नुभयो भन्ने, पार्टी विभाजनलाई पनि ठीक गर्नुभयो भन्ने’, नेपालले भने ।

ओलीमा आफू महाराजा बनेको र भारदारहरुबाट प्रशंसा खोज्ने प्रवृत्ति रहेको नेपालले बताए । विधि, विधान र संविधान नमान्ने ओलीले आफूले जे गर्‍यो, त्यही कानुन भन्ने अहंकार रहेको उनको भनाइ थियो । तर एकदिन नाङ्गो राजाको अवस्था आउने उनको चेतावनी थियो ।

पार्टी, आन्दोलन, संविधान, देश केही पनि भन्ने भस्मासुर प्रवृत्ति ओलीमा रहेको नेपालले आरोप लगाए । प्रतिनिधिसभा विघटन गरेर ओली आफैं काम चलाउ सरकारको प्रधानमन्त्री बनेको उनले बताए । यस्तो प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनदेखि दीर्घकालीन महत्वको काम गर्न नमिल्ने नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment