Comments Add Comment

गंगामायाको स्वास्थ्यप्रति गम्भीर हुन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे गम्भीर हुन सरकारसँग आग्रह गरेको छ ।

बिहीबार अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेको आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको टोलीले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलगायत चिकित्सकहरूसँग भेटघाट गरी गंगामायाको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेको थियो ।

भेटपछि टोलीले गंगामायाको शरीरमा आवश्यक पोषकतत्वको कमी तथा नसा साँघुरिएको कारण जुनसुकै बेला पनि स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने भन्दै उनको आईसीयूमा राखेर उपचार गर्न अस्पताललाई निर्देशन दिएको छ ।

टोलीले न्यायको लागि जीवन जोखिममा बनाउने आमरण अनसनको बाटो नरोज्न गंगामायालाई समेत आग्रह गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै लामो समयदेखि अनसनरत गंगामाया पछिल्लो समय पुस पहिलो सातादेखि आमरण अनसनरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment