+
+
Shares

म्यानमारमा नेताहरु पक्राउ पर्ने क्रम जारी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १९:२८

२९ माघ, काठमाडौं । म्यानमारमा सेनाले सत्ता हातमा लिएको १० दिनपछि पनि नेताहरु पक्राउ पर्ने क्रम भने रोकिएको छैन ।

बुधबार राति प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका एक निकट सहयोगीसहित चार वरिष्ठ नेता पक्राउ परेका हुन् । स्टेट काउन्सिलरको कार्यालयका मन्त्री किव टिन्ट स्वेसहितका चार जना नेताहरु पक्राउ परेको सुकीको पार्टीले जानकारी दिएको छ । पक्राउ परेका नेताहरुमा रखाइन राज्यका मुख्यमन्त्री पनि छन् ।

सेनाले म्यानमारमा सत्ता आफ्नो हातमा लिएयता अहिलेसम्म २२० मानिसहरु पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरुमा शिक्षक, वकिल, अधिकारकर्मीदेखि समाजसेवीसम्म छन् ।

म्यानमारमा निरन्तर जारी प्रदर्शनको पाँचौं दिन थप चारजना वरिष्ठ नेताहरुलाई पक्राउ गरिएको हो । म्यानमारमा सेनाले कर्फ्यू लगाएको भए पनि प्रदर्शन भने रोकिएको छैन । साथै पाँचजनाभन्दा धेरै मानिस भेला हुन रोक लगाइएको छ । गत मंगलबार म्यानमारमा प्रदर्शनमा सहभागी १९ वर्षीय एकजनाको प्रहरीको गोली लागी मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?