Comments Add Comment

उपत्यकामा वाणिज्य फर्म दर्ताको काम प्रदेश मातहत

२ फागुन, हेटौंडा । उपत्यकाका तीन जिल्लाको वाणिज्य प्रशासनको काम बागमती प्रदेश सरकार मातहत आएको छ ।

केन्द्र सरकारको वाणिज्य विभाग मातहत रहेको उपत्यकाका वाणिज्य तर्फका व्यवसाय दर्ताको काम वागमती सरकारको मातहत आएको हो ।

संघीय मन्त्रिपरिषदको पुस २३ गतको निर्णय अनुसार संघ मातहत रहेको वाणिज्य क्षेत्रको काम प्रदेश मातहत दिने निर्णय भएको उद्योग पर्यटन वन तथा वाताबरण मन्त्रालयले जनाएको छ ।

निर्णय अनुसार चालु आर्थिक वर्षको फागुन १ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा रहेको ५ लाख रुपैयाँ भन्दा माथिका व्यवसायिक कामको दर्ता, नवीकरण र खारेजीको काम बामगती सरकारले गर्ने भएको छ । सरकारलाई हस्तान्तरण सँगै कामको शुभारम्भ काठमाडौंका घरेलु कार्यालयबाट व्यवसायी रोज श्रेष्ठले पहिलो फर्म दर्ताको प्रमाणपत्र लिएका छन् ।

आइतबार उक्त कार्यक्रमको भर्चुअल उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नागरिकलाई दिने सुविधामा कुनै कमी नगर्ने बताए ।

वाणिज्य विभागका निर्देशक नेत्रप्रसाद सुवेदीले प्रदेशमा कामको थप जिम्मेवारी गएको भन्दै त्यसका लागि विभागले समन्वय र सहजीकरण गर्ने बताए । उनका अनुसार अहिले काठमाडौमा मात्र दैनिक ३५ वटा र उपत्यकामा ६० वटासम्म व्यवसायिक फर्म दर्ता हुने गरेको छ ।

बागमती सरकारका प्रमुख सचिव डा. मानबहादुर बिकेले प्रदेशलाई कामको जिम्मेवारी थप जिम्मेवारी आएको भन्दै सेवा चुस्त दुरुस्त बनाउन ध्यान दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment