Comments Add Comment

काठमाडौं प्रहरीले दुई महिनामा ३७४ जना फरार अभियुक्त समात्यो

३ फागुन, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दुई महिनाको अवधिमा ३ सय ७४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

परिसरसहित मातहतको महाराजगञ्ज, बौद्ध, बोनश्वर, कालिमाटी, कीर्तिपुर, थानकोट, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा, सिंहदरबार र मालिगाउँ वृत्तबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

सबैभन्दा बढी बौद्धबाट ८५, कीर्तिपुरबाट ६०, बालाजुबाट ४७ र कालिमाटीबाट ४३ जना समातिएका छन् । सबैबाट गरेर ५ करोड ४६ लाख ८१ हजार रुपैयाँ जरिवाना असुल गरिएको काठमाडौंका एसएसपी अशोक सिंह बताउँछन् ।

पुस र माघ महिनाको यो अवधिमा ४९ लाख ६२ हजार ९ सय रुपैयाँ बराबरको सामान पनि बरामद भएको छ । भन्सार छली ल्याइएको मोबाइल, कुर्था सुरुवाल, टर्च, स्पिकर लगायतका सामग्री बरामद भएको हो । समानान्तर बैंकिङ हुण्डी कारोबारतर्फ २ करोड ४२ लाख ७४ हजार रुपैयाँ बरामद भएको छ ।

त्यस्तै, लागूऔषध कारोबारमा ४८ जना पक्राउ परेका छन् भने खैरो हिरोइन, नाइट्रोभ्याट, पोलाइन, फेनारगन, डाइजापामलगायत बरामद भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment