Comments Add Comment

मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको पद जोगियो

५ फागुन, हेटाैंडा । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको पद जोगिएको छ ।

उच्च अदालत पाटनको हेटौंडा इजलासमा न्यायाधीशद्वय मोहम्मद साबीर हुसेन र चण्डिराज ढकालले परमाधेश उत्प्रेषण मार्फत राजीनामा खारेज गरेको आदेश गरेसँगै उनको पद जोगिएको हो ।

गत मंसिर २९ गते उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्दै पुस १७ गते गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले राजीनामा स्वीकृत गरेको घोषणा गरेका थिए । तर उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नदिएको दाबी गर्दै आएकी थिइन् ।

मुद्दा जितेसँगै उपाध्यक्ष विष्टलाई गाउँपालिकाकाे उपाध्यक्ष पदमा रहेर काम गर्न बाटो खुलेको छ । उनले राजीनामा दिएको भन्दै पदमुक्त गरिएपछि विष्टले उच्च अदालतमा मुद्दा हालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment