Comments Add Comment

प्रजातन्त्र दिवसमा दरबारमार्गमा काठमाडौं महानगरले सांस्कृतिक कार्यक्रम गर्ने

५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारेर दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव गर्ने भएको छ । फागुन ६ गते बिहीबार साँझ पाँच बजेदेखि महोत्वसव सुरु गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।

‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा हामीले दरबारमार्गमा सांस्कृतिक महोत्वसव गर्न लागेका हौँ,’ ज्ञवालीले भने, ‘पहिलो चरणमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको सांस्कृतिक प्रस्तुति रहने छ । त्यसपछि पप गायक सविन राई आधुनिक गायक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकास सपुत र प्रिती आले, लोक गायक अञ्जु पौडेलले आ–आफ्नो प्रस्तुति देखाउने तयारी गरेका छौँ ।’

ज्ञवालीले युवा पुस्तालाई लक्षित गरी काठमाडौँका विभिन्न चार स्थानमा यस्तै कार्यक्रमसहित नेपाली संस्कृति र पहिचानको जगेर्ना गर्ने लक्ष्य लिएको पनि जानकारी दिए। दरबारमार्गको कार्यक्रमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादु थापा वादल, काठमाडौँ महानगरपालिकाका प्रमखु विद्या सुन्दर शाक्यलगायतको उपस्थिति रहने पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment