+
+
Shares

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ७ गते १४:३५

७ फागुन, डोटी । १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गाना सोही बिद्यालयमा ६ कक्षामा पढ्ने बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शिक्षकमाथि गत बुधबार बिहान ११ बजेतिर आरोपीले विद्यालयमै बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको बताए ।

पीडित बालिकाका परिवारले ढुङ्गानाविरुद्ध किटानी जाहेरी दिएपछि आरोपी शिक्षकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?