
९ फागुन, काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आइतबार रु. ८०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोबार भएको छापावाला सुन आइतबार रु. ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोबार भएकामा आइतबार रु. ८८ हजार ५५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
चाँदी तोलामा रु. एक हजार ३३० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा रु. एक हजार ३०५ मा शुक्रबार कारोबार भएको चाँदी आइतबार तोलामा रु. २५ ले वृद्धि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4