+
+
Shares

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे दुई लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १२:५६
Photo Credit : Reuters

१४ फागुन, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले मुलुकमा राष्ट्रव्यापी कोरोना खोप कार्यक्रम चलिरहेको भए पनि संक्रमण भने निरन्तर बढिरहेको छ ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना नियन्त्रणको लागि आवश्कय लकडाउन तथा अन्य उपायको विरोध गर्दै आएका छन् । साथै उनले कोरोनाको कुनै पनि खोप नलिने घोषणा गरिसकेका छन् । कोरोना संक्रमण नियन्त्रणको लागि प्रभावकारी कदम नचालेको भन्दै मुलुकभर बोल्सोनारोको आलोचना पनि हुँदै आएको छ ।

अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमितको संख्या पनि एक करोड तीन लाख नाघिसकेको छ । संक्रमित संख्याको आधारमा ब्राजिल तेस्रो सबैभन्दा प्रभावित मुलुक हो । मृतक संख्याको आधारमा भने ब्राजिल दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?