
१५ फागुन, काठमाडौं । आगामी चैत अन्तिम साता भर्चुअल अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुन लागेको हो ।
सम्मेलनबाट गणित विधामा विश्वव्यापी रुपमा भइरहेको अध्ययन अनुसन्धानबारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने सम्मेलनको उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको गणित समाजका सचिव डा. दिनेश पन्थीले बताए ।
२७ देखि २९ सम्म हुने सम्मेलनमा शुद्ध एवम् प्रायोगिक गणित अन्तर्गतका २३ विधाहरु समेटिनेछन् । हालसम्म इटली, मोरक्को, बंगलादेश, भारत लगायत २० देशबाट गणितज्ञ तथा शोधार्थीले आफ्ना शोधकार्य प्रस्तुतीकरण गर्न आवेदन दिएका छन् ।
सम्मेलनमा पाँच वटा ख्याति प्राप्त गणितज्ञका प्लेनरी कार्यपत्र, २५ वटा आमन्त्रित कार्यपत्र गरी देश तथा विदेशका एक सय २० वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत हुने पेश हुनेछन् ।
२०२० मा आयोजना भएको सम्मेलन कोरोना भाइरसका कारण स्थगित भएको थियो ।
प्रतिक्रिया 4