Comments Add Comment

प्रविधिको विकासले ‘फिजिकल्ली’ कलाकारको आवश्यकता नपर्न सक्छ : राजेश हमाल

२२ फागुन, जनकपुरधाम । अभिनेता राजेश हमालले अबको केही वर्षपछि ‘फिजिकल्ली’ कलाकारको आवश्यकता पर्न नसक्ने बताएका छन् । प्रविधिको द्रूत गतिको विकाससँगै भविष्यमा यस्तो अवस्था आउनसक्ने उनको आँकलन छ ।

जनकपुरधाममा आयोजित जनकपुर साहित्य महोत्सवको चौथो दिन शनिबार सिनेमाको रंग सत्रमा अभिनेता हमालले प्रविधिको विकासले भौतिक रुपमा कलाकारको आवश्यकता नहुने दिन आउनसक्ने बताए ।

‘जे कुरा पनि टेक्नोलोजीले नै डिटेक्ट गर्छ । अबको ३०–४० वर्षपछि फिजिकल्ली कलाकारको आवश्यकता नपर्ला,’ उनले भने, ‘सबै कम्प्युटर ट्राफ्टबाट दर्शकले कस्तो किसिमको महिला र पुरुषलाई रुचाउँछन् । कस्तो नाक नक्सा रुचाउँछन् । कस्तो जीउडाल रुचाउँछन् । त्यही हिसाबले क्रिएट गर्छ ।’

उनले राजेश हमालजस्तो कहिले जवान, कहिले बुढो नदेखिने र एकनासे देखिने कलाकारको प्रविधिले विकास गर्न सक्ने बताए । ‘टेक्नोलोजीमा धेरै कुरा बाँकी नै छ । अहिले सुरुवात नै हा,े’ उनले भने, ‘यो स्वभाविक प्रकृया पनि हो ।’

‘कलाकारिताको शिक्षा ग्रहण गर्न पाइँन’

अभिनेता हमालले कुनै पनि क्षेत्रमा काम गर्नका लागि शिक्षा महत्वपूर्ण भएको बताए । ‘शिक्षा व्यक्तिको प्लस प्वाइन्ट हुन्छ । शिक्षा हुँदैमा यही गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘भैंसी पनि पाल्न सक्नुहुन्छ । किसान पनि बन्न सकिन्छ । कलाकार पनि बन्न सकिन्छ ।’

शिक्षा भएपछि आफ्नो पेशामा अझ निखार आउने र जुनसुकै पेशामा लागेपनि त्यो पेशा खेर नजाने उनको बुझाइ छ । ‘सिनेमा क्रिएटिभ पेशा भएको र यसमा अनुभवसँगै शिक्षा पनि चाहिन्छ’ उनले भने, ‘अहिलेको अवस्थामा टेक्निकल ज्ञान पनि हुनुपर्छ ।’

सिनेमामा अभिनय गर्दा शिक्षाको एकदमै खाँचो हुने भन्दै हमालले आफूले कलाकारिताको शिक्षा हासिल गर्न नपाएको र अनुभव मात्रै बटुलेको सुनाए ।
हमालले हरेक पेशामा लाग्नेले ‘लभ र हेट’ गर्ने गरेको बताए । यद्यपि जो जुन पेशामा लागेको छ, त्यो छाडेर अर्काेमा जान नसक्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment