२३ फागुन, काठमाडौं । पाँचौ तथा निर्णायक खेल जित्दै न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको टी-२० सिरिज ३-२ ले जितेको छ । आइतबार वेलिङ्गटनमा भएको पाँचौ खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ७ विकेटले पराजित गरेको हो ।
यसअघि पहिलो र दोस्रो खेल न्युजिल्याण्डले जितेको थियो । तर त्यसपछि अष्ट्रेलियाले पुनरागमन गर्दै लगातार दुई खेल जित्दै सिरिज २-२ को बराबरीमा पुर्याएको थियो ।
निर्णायक खेलमा अष्ट्रेलियाले दिएको १४३ रनको लक्ष्य न्युजिल्याण्डले १५.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो ।
न्यजुलायण्डका लागि ओपनर मार्टिन गप्टिलले र्वाधिक ७१ रन बनाए । यस्तै डेभोन कनवेले ३६ रन जोड्दा ग्लेन फिलिप्सले अविजित ३४ रन योगदान गरे ।
अष्ट्रेलियाका रिले मेरेडिथले २ र झ्ये रिचर्डसनले १ विकेट लिए ।
त्यसअघि टस जितेरर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि विकेटकिपर म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाए । यस्तै कप्तान आरोन फिन्चले ३६ र मार्कुस स्टोइनिसले २६ रन जोडे ।
न्युजिल्याण्डका इश सोधीले ३ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट र टिम साउदीले समान २ विकेट लिए ।
प्रतिक्रिया 4