Comments Add Comment

जसपा संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर

२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक मंगलबार बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेलगायत समग्र राजनीतिक परिस्थितिबारे छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संसदको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । गत आइतबार बोलाइएको पुनःस्थापित संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न अनुमति दिइएको विरोधमा नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए ।

विरोधका बाबजुद सभामुख सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेश गर्न अनुमति दिएपछि कांग्रेस र जसपाका सांसदले नाराबाजी गर्दै रोष्टम घेरेका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि भावी सत्ता समीकरणमा कांग्रेस र जसपा निर्णायक देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment