+
+
Shares

वडादेखि केन्द्रसम्म सभापति वा उपसभापति मध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने कांग्रेस महिला विभागको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १७:५७

१ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय महिला विभागले पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापति मध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने माग गरेको छ ।

कांग्रेस केन्द्रीय महिला विभागले केन्द्रीय कार्यालय सानेपामा फागुन २९ र चैत १ गते आयोजना गरेको बागमती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रमबाट ५ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।

सहानुभूतिको ठाँउमा मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाँउमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने निर्णय भएको विभागकी सचिव लक्ष्मी खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीमा वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाई महिला पदाधिकारी अनिवार्य हुनुपर्ने घोषणा पत्रमा उल्लेख छ ।

बढ्दो महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरुमा संलग्न अपराधिहरुलाई कानुनको कठघरामा उभ्याउन नसक्नुले यस्ता आपराधिहरु राज्यबाट नै संरक्षित भएको भन्दै घोषणा पत्रमा भनिएको छ, ‘यो सन्दर्भमा दण्डहिनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानुनको कठोर कार्यान्वयनका लागि यो भेला जोडदार माग गर्दछ ।’

बालिकाहरुलाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चिता गर्नु पर्ने, महिलाको प्रजनन र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिएता पनि पूर्ण रुपले हालसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा तत्काल यसको सुनिश्चिता गर्न तथा वर्थिङ सेन्टरहरुलाई व्यवस्थित गरी मातृ शिशु मृत्यदर कम गर्नु पर्ने विभागले सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?