+

त्रिदेशीय फुटबलमा नेपाली टिमको कप्तानी किरण चेम्जोङले गर्ने

२०७७ चैत  ९ गते १९:१८ २०७७ चैत ९ गते १९:१८
त्रिदेशीय फुटबलमा नेपाली टिमको कप्तानी किरण चेम्जोङले गर्ने

९ चैत, काठमाडौं । मंगलबारबाट दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सोमबार प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रतियोगितामा गोलकिपर किरणले कप्तानी गर्ने जानकारी दिए । प्रशिक्षक महर्जनले तीन महिनादेखि निरन्तर अभ्यास गरिरहेको भन्दै नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।

महर्जनले नोभेम्बरमा बंगलादेशमा सम्पन्न दुई मैत्रीपूर्ण खेलमा सोचेअनुरुप प्रदर्शन गर्न नसके पनि घरेलु मैदानमा भएकाले नेपाली समर्थकलाई निराश नबनाउने बताए ।

किरण चेम्जोङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय