+

‘फिटनेसका लागि शास्त्रीय नृत्य उपयुक्त’

२०७७ चैत  १० गते ९:२९ २०७७ चैत १० गते ९:२९
‘फिटनेसका लागि शास्त्रीय नृत्य उपयुक्त’

परम्परागत मान्छेहरूले नियमित कामका अलावा विभिन्न समारोहमा गर्ने शास्त्रीय नाचहरू के मनोरञ्जनको लागि मात्रै थिए त ? अहिले नेपालमा पाइने विभिन्न जातजातिहरूको आ–आफ्नै मौलिक नृत्यको परम्परा रहेको छ । ती सबै मनोरञ्जनका साधन मात्रै हुन् त ?

यही प्रश्नको उत्तरको खोजीमा संसारमा दर्जनौं अध्ययनहरू भए । ती सबै अध्ययनको एउटै निष्कर्ष छ ‘शास्त्रीय नृत्य सबै खाले फिटनेसको उपायभन्दा उपयुक्त हुन्छ ।’ भारतदेखि ग्रीक हुँदै बेलायतसम्मका विभिन्न विश्वविद्यालयहरूले गरेको अध्ययनले केवल फिटनेस सेन्टरमा गएर गरिने फिटनेस शारीरिक सवलताको लागि सहायकसिद्ध भएपनि आध्यात्मिक र मानसिक तन्दुरुस्ती वा अध्यासको लागि शास्त्रीय संगीत नै एउटा उपयुक्त माध्यम भएको ती अध्ययनहरूले निष्कर्ष निकालेका छन् ।

शास्त्रीय संगीत भारतवर्षमा मात्रै नभएर विभिन्न प्राचीन सभ्यताका मुलुकहरूमा छुट्टाछुट्टै किसिमका छन् । तर ती सबै शास्त्रीय नृत्यहरूको भाव उस्तै उस्तै खालको पाइन्छ । जुनसुकै शास्त्रीय नृत्यले पनि केवल मनोरञ्जनको लागि मात्रै नभएर शारीरिक आध्यात्मिक तथा मानसिक अभ्यासको लागि यो सहायकसिद्ध हुन्छ ।

पूर्वीय शास्त्रीय नृत्‍यका तीन मूलभूत तत्‍वहरू हुन्छन् । ती हुन् भाव अथवा मनस्स्थिति, राग अथवा संगीत र स्‍वरमार्धुय र ताल अथवा काल संयोजन । भरत नाट्यमको शैलीगत विशेषतालाई केलाउने हो भने हात, खुट्टा, मुख, अनि शरीर सञ्चालनका समन्‍वयनका ६४ सिद्धान्तहरू छन्, जसको निष्‍पादन नृत्‍य पाठ्यक्रममा गरिन्छ । यसले शारीरिक अभ्यासको लागि भूमिका खेल्छ । भरत नाट्यममा जीवनका तीन मूल तत्‍व – दर्शन शास्‍त्र, धर्म अनि विज्ञान समावेश हुन्छ ।

झण्डै २००० वर्ष पहिलेदेखि चलिआएको मानिने यो भारतको सबैभन्दा पुरानो कुटियाट्टम नाच होस् या त महाभारतमै वर्णन भएको कथक नाच नै किन नहोस् । यी सबै शास्त्रीय नृत्यका उदाहरणहरू हुन् । जुन नियमित अभ्यासभन्दा बढी शारीरिक तन्दुरूस्तीका लागि उपयोगी मानिन्छन् ।

ग्रीसको एरिस्टोटेल विश्वविद्यालयले गरेको एक अध्ययनले परम्परागत अर्थात् शास्त्रीय संगीतमा नृत्य गर्ने व्यक्तिलाई शारीरिक फिटनेसको लागि अरू कुनै अभ्यास जरुरी नरहेको पुष्टि गरेको छ । २०१९ को अप्रिलमा प्रकाशित सो अध्ययन प्रतिवेदन अनुसार परम्परागत नृत्यमा संलग्न वृद्धहरू समेत स्वास्थ्य समस्याबाट मुक्त भएको देखाएको छ । यस्तो परम्परागत नृत्यले स्वतन्त्र र गुणस्तरीय जीवन जिउन एव‌ं शारीरिक तन्दुरुस्ती र उनीहरूको कार्यक्षमता सन्तोषजनक स्तरमा राख्दै उनीहरूलाई थप गुणात्मक बनाउँदा विभिन्न रोगहरूबाट समेत मुक्ति पाउन सकिने देखिएको छ ।त्यस्तै, बेलायतको वल्भरहेम्पटन विश्वविद्यालयले गरेको अर्काे अध्ययनले पनि व्यावसायिक रुपमा चलिरहेको शास्त्रीय संगीतमा गरिने नृत्यले एउटा पूर्ण शारीरिक फिटनेसको काम गर्ने देखाएको छ ।

नेपालमा शास्त्रीय नृत्य
सिर्जना कलेज अफ फाइन आर्टस्का उपप्राध्यापक रामकुमार राई शास्त्रीय संगीत आध्यात्मिक, मानसिक एवं शारीरिक विकासको लागि सहायकसिद्ध रहेको बताउँछन् । जुनसुकै शास्त्रीय नृत्य गर्दा मान्छेको शरीरको सबै अंगहरू सक्रिय हुने भन्दै त्यसले समग्र शारीरिक अभ्यासलाई जोड दिने बताउँछन् । ‘ताण्डव नृत्य नाच्दा कुनै पनि नर्तक वा नर्तकीले आफूलाई शिवकै स्वरुपमा मनन् गर्नुपर्छ । अनिमात्रै शास्त्रीय नृत्यलाई जीवन्त रुपमा प्रस्तुत गर्न सकिन्छ ।’ राई भन्छन् ‘एउटा मान्छे नाचकै क्रममा शिव बनेर फेरि मान्छे बन्दासम्म उसको मानसिक कलुषहरु सफा भइसक्छन् । यसरी मानसिक अभ्यास हुने गर्छ । शारीरिक अभ्यासमा त विभिन्न शास्त्रीय नाचहरू आफैँमा जटिल किसिमको हुने भएकोले पूर्ण शारीरिक अभ्यास हुने गर्छ ।’

कुनै पनि शास्त्रीय र लोक नृत्यमा फिटनेस पक्षलाई ध्यान दिने हो भने नेपाल र भारतमा मात्रै १२० भन्दा धेरै यस्ता लोक नृत्यहरूको सूची तयार पारिएको छ जसले अन्य कुनैपनि कसरत गर्दा भन्दा धेरै शारीरिक एव‌ं मानसिक अभ्यासमा सहयोग गर्छ । प्रत्येक लोकशैलीको कार्यात्मक कसरतमा आधारित हुन्छ । केही नृत्य शैलीले धेरै मांसपेशीहरूमा बढी अभ्यास गराउने खालका हुन्छन् ।

त्रिभंग (खुट्टा, कम्मर र शिर) मुद्रामा बसेर लास्य (नारी शक्ति नृत्य) र ताण्डव (पुरुष शक्ति) ले नाच्ने चर्या नाच नेपालको मौलिक नाच रहेको राई बताउँछन् । विशेषगरी बौद्ध धर्मको बज्रयान सम्प्रदायसँग सम्बन्धित यो नाचको क्रममा चन्द्रहार, बाजु, घाँटीमा हार, कम्मर पेटी, मोतीमाला, धातुको मोटो सिक्री आदिको प्रयोग गरेर यस्तो नाच नाच्ने गरिन्छ । यसबाहेक पनि भरत नाट्यम, कत्थक, मणिचुर, कथकली जस्ता शास्त्रीय नृत्यहरू शारीरिक एवं मानसिक तन्दुरुस्तीको लागि उपयुक्त शास्त्रीय नृत्यहरू रहेको राई बताउँछन् ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?