
फाइल तस्वीर
१९ चैत, काठमाडौं । झापाको मेचीनगरबाट दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित चारजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–४ का ४० वर्षीय बलबहादुर राई, ४० वर्षीय सुमन राई, ३० वर्षीय सुरेन राई र २३ वर्षीय दीपक तामाङ छन् ।
मे १ त १३८६ नम्बरको ट्याक्टर र मे ३ प ८३७८ नम्बरको मोटरसाइकलमा राखी इलामबाट झापातर्फ ल्याउँदै गरेको करिब ६० क्यूफिट सालको काठसहित उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद काठ, ट्याक्टर तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4