Comments Add Comment

५३ करोड फेसबुक प्रयोगकर्ताका डाटा लिक

२३ चैत, काठमाडौँ । विश्‍वको चर्चित सामाजिक सञ्जजाल फेसबुक प्रयोग गर्ने ५३ करोड ३० लाख प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु अनलाइन मार्फत् लिक भएको खुलासा भएको छ ।

बिजनेश इनसाइडरको रिपोर्ट अनुसार विश्वका विभिन्न १ सय ६ वटा देशका आधा अर्बभन्दा धेरै फेसबुक प्रयोगकर्ताका डाटाहरु ह्याकिंग फोरममा नि:शुल्क उपलब्ध छन् । साइबर अपराधी अनुसन्धान कम्पनी हडसन रकका प्रमुख प्राविधिक अधिकृत एलोन गालले उक्त डाटा लिकको घटना पत्ता लगाएका हुन् ।

इतिहासकै ठूलो मध्येको एक अनलाइन लिक मानिएको यस घटनामा प्रभावित हुनेमा ६ करोड भारतीय फेसबुक प्रयोगकर्ता छन् । यस्तै ३ करोड २० लाख अमेरिकी र १ करोड १० लाख बेलायती फेसबुक प्रयोगकर्ताका डाटा पनि लिक भएका छन् ।

यसरी बाहिरिने प्रयोगकर्ताका विवरणमा उनीहरुका फोन नम्बर, अवस्थिति, जन्ममिति, फेसबुक आइडी तथा वैयक्तिक विवरण र इमेल ठेगानाको विवरण लगायतका छन् । अनलाइनमा नि:शुल्क तथा खुलमखुल्ला उपलब्ध यस्ता डाटाहरु साइबर अपराधीले दुरुपयोग गरेर प्रयोगकर्तालाई ब्ल्याकमेल गर्न सक्ने जोखिम छ।

दशौँ लाख प्रयोकर्ताका डाटाहरु ह्याकरहरुले अनलाइनमा सार्वजनिक गरेको घटनाप्रति फेसबुकले कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपि, प्रयोगकर्ताका डाटाहरु इन्टरनेटमा उपलब्ध भइसकेकाले ह्याकिंगमा परेका प्रयोगकर्ताका ती डाटाहरु सुरक्षित राख्ने विकल्प भने हुँदैन ।

स्मरण रहोस् प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु तथा गोपनियताको रक्षाको सवालमा फेसबुक पटक-पटक विवादमा तानिँदै आएको छ । प्रयोगकर्ताका डाटा लिक भएको यो पहिलो घटना नभएपनि आधा अर्ब मानिसका व्यक्तिगत डाटा एकसाथ लिक हुनुलाई असामान्य मानिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment