Comments Add Comment

मेलम्चीमा सिप्रदीको सर्टिफाइड ग्यारेज सञ्चालन

२३ चैत, काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई सहजरुपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उदेश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको सिप्रदीले जनाएको छ ।

चैत १८ गते टाटा मोर्टस ग्राहक सेवा अन्तर्गतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ प्रालि ग्राहक सेवाका महाप्रवन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कशपको उद्धाटन गरेका थिए ।

उक्त अवसरमा विगत लामो समयदेखि टाटाका गाडीहरु सञ्चालन गर्दै आएका ग्राहक चिरन पराजुलीलाई सम्मान गर्नुका साथै टाटा बीएसआईभी गाडी सम्बन्धि चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको थियो । कम्पनीका अनुसार ३० जना भन्दा बढी ग्राहकहरुले उक्त प्रशिक्षण कार्यक्रमा सहभागिता जनाएका थिए ।

ग्राहकहरुले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको सर्भिस तथा साधारण मर्मतका कार्यहरु उक्त सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्ने सिप्रदीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment