+
+
Shares

प्रतिष्ठान प्रदेशमा अधिकारी नेतृत्वको प्यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते ११:०९

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी भएको छ ।

प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल, सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन् ।

प्रतिष्ठान प्रदेशमा १३५८ मतदाता रहेकोमा १२६८ मत खसेको थियो । जसमा अध्यक्षमा निर्वाचित अधिकारीले ९४० मत प्राप्त गरे । अध्याक्षका अर्का प्रत्यासी उद्धव कार्कीले ३२८ मा पाए ।

उपाध्यक्षमा निर्वाचित विरेन्द्र्र ओलीले ७७८ मत पाउँदा उपाध्यक्षका अर्का प्रत्यासी सरोज कोइरालाले ४५४ मा पाए ।

उपाध्यक्ष महिलामा निर्वाचित रुक्मिणी पोखरेलले ७३६ मत ल्याउँदा अर्का प्रत्यासी राधिका जोशीले ४३५ मत पाइन् ।

महासचिवमा निर्वाचित रामकुमार शाहीले ७११ मत पाउँदा महासचिवका अर्का प्रत्यासी कमल रानाले ४३५ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?