+

लिभरपुलको पुनरागमन जित

२०७७ चैत  २९ गते ५:०० २०७७ चैत २९ गते ५:००
लिभरपुलको पुनरागमन जित

काठमाडौं । ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले इन्जुरी टाइममा गोल गरेपछि साविक विजेता लिभरपुलले प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्ध पुनरागमन जित हात पारेको छ ।

शनिबार भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको हो ।

लिभरपुलको मैदान एनफिल्डलमा ओली वाटकिन्सले ४३औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा लिभरपुलका रोवर्टो फिर्मिनोले बराबरी गोल फर्काएपनि भिएआर रेफ्रीले मान्यता दिएन ।

दोस्रो हाफमा लिभरपुलले दुई गोल फर्कायो । ५७औं मिनेटमा मोहम्मद सालाहले बराबरी गोल फर्काए । ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले इन्जुरी टाइममा गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

जितपछि लिभरपुल ३१ खेलबाट ५२ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । समान अंक भए पनि वेष्टहम गोलअन्तरमा पछि पर्दै पाँचौ स्थानमा छ । एस्टन भिल्ला ३० खेलबाट ४४ अंकसहित १०औं स्थानमा छ ।

लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय