+
+

कोरोना संक्रमणबाट झापाका एक पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १५:३६

२ वैशाख, काठमाडौँ । कोरोना सङ्क्रमणका कारण झापाका एकजना पुरुषको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए ।

विर्तामोड नगरपालिका-८ निवासी उनी केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको गएराति मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?