Comments Add Comment

साहरुखको ‘पठान’मा सलमानको केमियो, तर पारिश्रमिक लिन मानेनन्

नायक साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा अर्का नायक सलमान खानको केमियो भूमिका छ । यो चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि चलचित्रको छायांकन रोकिएको छ ।

चलचित्रमा १० दिनसम्म केमियो भूमिकामा काम गरेका सलमानले पारिश्रमिक भने लिन नमानेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन सकिएपछि निर्माता आदित्य चोपडाले सलमानसँग पारिश्रमिकको बिषयमा कुरा गरेका थिए । तर, सलमानले साहरुखका लागि आफू जे पनि गर्न तयार भएको भन्दै पारिश्रमिक लिन मानेनन् ।

सलमानले यशराज ब्यानरकै चलचित्रमा काम गरिरहेका छन् । सलमानले पारिश्रमिक नलिएपछि आदित्य चोपडाले उनलाई महंगो गिफ्ट गर्ने तयारी समेत गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो बिषयमा आदित्य चोपडाले साहरुख खानसँग पनि कुरा गरेका थिए । साहरुखले भने –‘भाई त भाई नै हुन् नी’ भन्ने जवाफ दिएका थिए ।

यो चलचित्रमा नायिका दीपिका पादुकोण, नायक जोन अव्राहिम लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment