Comments Add Comment

सुपारी, केराउ, मरिच र छोकडाको आयात कोटा वितरण स्थगित

२ वैशाख, काठमाडौं । सुपारी, केराउ, मरिच र छोकडा आयातमा लागु गरिएको कोटा वितरण स्थगित भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एक सूचना जारी गर्दै कोटा वितरण कार्य स्थगनको जानकारी गराएको हो । एक वर्षदेखि आयात प्रतिबन्ध लगाइएको उक्त वस्तु निश्चित परिमाणमा खुला गर्ने निर्णय चैत्र ९ गते राजपत्रमा प्रकाशित भएको थियो ।

सुपारी र केराउ, मरिच र छोकडाको आयात कोटा वितरण तत्कालका लागि स्थगन भएको विभागका निर्देशक एवं प्रवक्ता शिवप्रसाद सेढाईंले अनलाइनखबरलाई बताए । ‘वितरण भएका कोटा पुनर्अध्ययन गर्ने भनेर तत्कालका लागि कोटा वितरण स्थगन गरिएको हो, यो स्थायी रुपमा बन्द गरिएको होइन,’ प्रवक्ता सेढाईंले भने । कोटा निर्धारणअनुसार परेको आवेदनमा समिक्षा गरेर थप निर्णय गर्नेगरी स्थगनको निर्णय भएको उनले बताए । सरकारले एक आर्थिक वर्षमा सुपारी २५ हजार, केराउ ८० हजार, नधुल्याइएको मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी कोटा निर्धारण गरेको थियो ।

कोटो प्रणाली खुला भएको दुई हप्तामा चार लाख ७८ हजार ८४६ मेट्रिकटन सुपारीमा आयात गर्न दुई सय ५० निवेदकले आवेदन दिएका थिए । उक्त आवेदन तोकिएको परिमाण भन्दा १९ गुणाले बढी हो । यस्तै एक लाख ७९ हजार ३३ मेट्रिकटन केराउ आयात गर्न तीन सय चार, एक लाख ६६ हजार ३०३ मेट्रिकटन नधुल्याइएको मरिचमा आयात गर्न २०६ र ६० हजार ८०४ मेट्रिकटन छोकडा आयात गर्न १२४ वटा निवेदन परेको थियो । पछिल्लो एक सतामा परेको आयात निवेदन भने विभागले गेप्य रोखेको छ ।

यो पनि पढ्नुहोस केराउ, मरिच र सुपारी भित्र्याउन परिमाणात्मक कोटाभन्दा बढी निवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment