+
+
Shares

सिभिल बैंकका सीईओ गुरुङले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १३:५२
फाइल तस्वीर

६ वैशाख, काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन केही महिना बाँकी छँदै गुरुङले पदबाट राजीनामा दिएका हुन् । सीईओ गुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृति समेत गरेको छ ।

बैंक श्रोतले दिएको जानकारी अनुसार १७ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ । गुरुङले सीईओबाट राजीनामा दिए पछि कार्यबाहक सीईओको जिम्मेवारी सुनिलकुमार पोखरेलले पाउने भएका छन् ।

पोखरेल अहिले बैंकको नायम प्रमुख कार्यकारी अधिकृत रहेका छन् । केही समय कार्यबाहकको भूमिका दिने र त्यसपछि पोखरेललाई नै सीईओको नियुक्ति दिने बैंक सञ्चालक समितिको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?