+
+

कतारको मुद्रा १७ असारदेखि नचल्ने, नेपालीलाई सटही गरिहाल्न राष्ट्र बैंकको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते ८:३७

८ वैशाख, काठमाडौं । हाल चलनचल्तीमा रहेको चौथो संस्करणको कतारको मुद्रा नचल्ने भएको छ ।

कतार सरकारले जुलाई १ तारिख अर्थात् असार १७ गतेदेखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । त्यसैले कतारी रियाल यथाशीघ्र सटही गर्न नेपाल राष्ट्र बैंकले नेपालीहरुलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले त्यस्ता नोट भए आगामी २७ गतेसम्म सटही गरिदिने बताएको छ । २७ गतेपछि भने सटही गर्न बाध्य नहुने राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय, विदेशी विनिमयको कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेन्जरहरुबाट कतारी रियाल सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

यसअघि भारतले पूर्वजानकारी नै नदिई नोटबन्दी गर्दा ठूलो परिमाणको भारतीय रुपैयाँ नेपालीले साट्न पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?