+

मलेसियाविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

२०७८ वैशाख  ९ गते १३:०४ २०७८ वैशाख ९ गते १३:०४
मलेसियाविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै

९ वैशाख काठमाडौं । त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले मलेसिया विरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मलेसिया टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यसअघि भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

नेपाल र नेदरल्याण्ड्स यसअघि नै शीर्ष दुईमा रहँदै फाइनल पुगिसकेकोले आजको खेल प्रतिष्ठाको लागि हुनेछ । नेपालले यसअघि मलेसिया र नेपालरल्याण्ड्सलाई समान ९ विकेटले पराजित गरेको थियो भने अर्को खेलमा नेदरल्याण्ड्ससंऊ ३ विकेटले पराजित भएको थियो ।

मलेसियाले भने अहिलेसम्म २ खेलमा हार बेहोर्दा एक खेल बराबरी खेलेको थियो ।

मलेसिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय