बैशाख १०, डोटी । जेसीबीले सडक काट्ने क्रममा खसेको ढुङ्गा लागेर एक जनाको ज्यान गएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका-२ र सायल गाउँपालिका-६ को सिमानामा जेसिबीले सडक काट्ने क्रममा ढुङ्गा खसेर बाटोमा हिड्दै गरेका सायल गाउँपालिका-६ का ४६ वर्षीय नरी साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रहरी निरीक्षक रविन चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगिसकेको मल्लले बताए । उनले जेसिबी चालक २३ बर्षीय शेर जोरालाइ नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4