+
+

गोली–गाली : अपराधमा आधारित वेब सिरिजमा किन दर्शक झुम्मिए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ११ गते ७:००

इन्टरनेटमा स्ट्रिम हुने बेव सिरिजमा नियमानुसार सेन्सर बोर्डले आफ्नो कैची चलाउन सक्दैनन् । यसैले निर्देशक, निर्माता, पटकथा लेखकले आफ्नो कल्पनाको कुची अरु गहिराईमा लगेर मिर्जापुर, सक्रेट गेम्स, पाताल लोक जस्तो अपराधमा आधारित वेब सिरिज बनाए ।

आरिख यस किसिमको वेब सिरिजले दर्शकलाई किन लोभ्याउँछ ?

भारतको अनलाइन डेटा सर्वे कम्पनीमा एक क्रोम डिएम स्टडीका अनुसार ६५ प्रतिशत घरमा टेलिभिजनका साथै वेब सिरिज हेन्छि । यसमध्ये ८० प्रतिशतलाई कमेडी वेब सिरिज मनपर्छ । त्यससँगै क्राइम, थ्रिलर वेब सिरिजको लोकप्रियता अहिले आकासिएको छ ।

यो सर्वे सन् २०१७ मा भएको हो, जुन शहरी क्षेत्रमा रहेका १६ देखि ४४ बर्ष उमेर समूहका व्यक्तिवीच गरिएको थियो ।

सन् २०१९ मा अमेरिकी रिसर्च कम्पनी एस ई एम रश स्टडीका अनुसार अनलाइन प्लेटफर्ममा सबैभन्दा बढी सर्च गरिने वेब सिरिजमा सेक्रेट गेम्स, मिर्जापुर, क्रिमिनल जस्तिस, लस्ट स्टोरिज र मेड इन हेवन थियो ।

मान्छेहरु अपराध त रुचाउँदैनन् यद्यपि यसमाथि बनेका वेब सिरिज भने मन पराउँछन् । आखिर किन ?

जवाफ कुनै रहस्यभन्दा कम छैन । यसलाई हामीले मनोवैज्ञानिकमार्फत खोजी गरेका छौं । यस खोजबिनमा तपाईंले मान्छेको व्यक्तित्व वा तपाईं स्वयम्को बारेमा पनि धेरै कुरा जान्न सक्नुहुन्छ ।

त लाखौं, खोजतलासतर्फ ।

थ्रिलर किन लेख्छन् लेखक ?

२०२० मा लोकप्रिय भएको वेब सिरिज ‘पाताल लोक’का लेखक सुदीप शर्माले शाहिद कपूरको ‘उडता पञ्वाव’ र अनुष्का शार्माको ‘एनएच १०’ जस्ता फिल्मको पटकथा लेखिसकेका छन् ।

उनीसँग हामीले सोध्यौं कि किन थ्रिलर स्क्रिप्ट लेख्नुहुन्छ ? सुदीप शर्मा भन्छन्, ‘बाल्यकालदेखि नै मेरो रुची सस्पेन्स, क्राइम जस्ता विषयमा थियो ।’ उनी हलिउड निर्देशक मार्टिन स्कोर्सेसेको फिल्म -क्यासिनो, ट्याक्सी ड्राइभर, आइरिशम्यान र बलिउडका निर्देशक रामगोपाल वर्माको फिल्म ‘सत्या, कम्पनी’बाट प्रभावित थिए ।

यस किसिमको पटकथा लेख्नुको कारणबारे उनी भन्छन्, ‘यसले लेखकको सोंचलाई चुनौती देख्छ । थ्रिलर प्लट लेख्नु र त्यसमा रोमान्स पनि मिसाउनु चुनौतीपूर्ण हुन्छ ।’

उनी के पनि भन्छन् भने, ‘मलाई लाग्छ मान्छेले आफ्नो नकारात्मक हिस्सा लुकाएर राखेका हुनछन् । यो भाव कुनै काल्पनिक सिरिजको माध्यामबाट सामुन्ने आउँछ । सायद मान्छेहरु यसैले यस्ता फिल्म वा सिरिज हेर्न रुचाउँछन् ।’

अब तपाईंलाई थाहा छ आफ्नो मनको कुरा ?

सुदीप शर्माको यो तर्कमा कतै न कतै मनोविज्ञानको अंश देखिन्छ । आउनुहोस्, मनोविज्ञानको पाटोबाट पनि यसलाई हेरौं ।

मनोविज्ञान र दर्शनशास्त्रमा केही सिद्धान्त छ, जुन मान्छेको व्यवहारमाथि गरिएको शोधबाट तयार गरिएको हो ।

जस्तो कसैमाथि एकदमै रिस उठ्छ तर त्यसलाई प्रकट गर्न सकिदैन । र, यसैले हाम्रो पुरा दिन खराब हुन्छ । मुड बिग्रिन्छ । ठीक यही बखत तपाईंले कुनै अपराधसँग सम्बन्धित वेब सिरिज हेर्नुभयो भने केही राम्रो महसुष गर्नुहुन्छ ।

विख्यात दार्शनिक अरस्तुको विरेचनको शिद्धान्त अनुसार ‘भावको शुद्धिकरण कुनै पनि त्रासदीको उदेश्य हो । जसरी शारीरिक स्वास्थ्यका लागि शरीरमा जमेका मल वा विकार निष्कासन एवं शोधन जरुरी छ । ठीक उसैगरी मानसिक विकारको पनि शोधन जरुरी छ । मान्छेले कला र साहित्यको माध्यामबाट आफ्नो विभिन्न भाव जस्तो कि, ईर्ष्या, द्वेष, लोभ, मोह, क्रोध, क्रुरता जस्ता विकार हटाउन चाहन्छन् ।’

अर्थात जब हामी आफ्नो नकारात्मक उर्जालाई व्यक्त गर्न पाउँदैनौं, तब यसलाई कला, युद्धमाथि बनेका गेम खेलेर वा वेब सिरिज एवं फिल्म हेरेर आफुभित्रको उक्त भाव बाहिर निकाल्छौं ।

मनोविश्लेषक कार्ल युंगका एक सिद्धान्त अनुसार हाम्रो अवचेतन मनमा केही कुरा वा तस्विर यसरी गाडिएको हुन्छ, जुन पर्यावरण, आफ्नो सामाजिक परिवेश वा पूर्वजबाट आर्जित गरिएको हुन्छ ।

यस्तो भाव, चित्र हरेक व्यक्तिमा हुन्छ । जस्तो कुनै छायाँ वा कुनै चरित्रको प्रयोग डरलाग्दो फिल्ममा हुन्छ, जसको सिधा सम्बन्ध हाम्रो अवचेतन मनमा रहेको केही भावनासँग हुन्छ । यसैले हामी डरलाग्दो फिल्ममा यस्तो दृश्य वा व्यक्तित्व देखेर रोमाञ्चक वा भयाभित हुन्छौं । हाम्रो सचेत मनलाई के थाहा हुँदैन भने हामीभित्र पनि यो व्यक्तित्व लुकेर रहेको छ ।

दिल्लीका माइन्डफुल टिएमएसमा क्लिनिकल साइकोलोजिस्ट शिवाली देवगन भन्छन् कि यस सिद्धान्तको प्रयोगसिद्ध रुपले परीक्षण हुन सक्दैन । यद्यपि केही व्यक्तिमाथि अध्ययन गरेर अपराध र हत्यामा बनेको वेब सिरिज किन लोकप्रिय छ भनेर सामान्य भेउ पाउन सकिन्छ ।

उनका अनुसार सामान्यत यस्तो वेब सिरिज यसकारण मान्छेले मन पराउँछन् ।

–त्यो अपराधको मनस्थिती सम्झेर आफ्नो निजी जिन्दगीमा सुरक्षित रहने तरिका खोज्न सक्छन् । उनलाई सिरियल किलरको भित्री द्वन्द्व सम्झन मज्जा आउँछ ।

–कतिपय व्यक्तिलाई कानुन तोड्न वा बिद्रोही हुन मन लाग्छ । वास्तवमा उनीहरुले आफुभित्रको यो व्यक्तित्वलाई बाहिर ल्याउन सकिरहेका हुँदैनन् । तब वेब सिरिजको कन्टेन्ट देख्न रुचाउँछन् ।

–कतिपय व्यक्तिले आफुभित्रको खराब भावा बेव सिरिजको माध्यामबाट अभिव्यक्त भएको अनुभूत गर्छन् ।

–कतिपयले भने आफ्नो दिनचर्याबाट बचेको समयमा यसै मनोरञ्जनका लागि यस्तो वेब सिरिज हेर्छन् ।

बिबिसीबाट भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?