११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि जित्दा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदर्शन गर्यो ।
पहिले ब्याटिङ गर्दै कीर्तिमानी २३८ रन बनाएको नेपालले नेदरल्याण्ड्सलाई ९६ रनमा अलआउट गर्दै १४२ रनको फराकिलो जित हात पार्यो । यो नेपालले टी-२० अन्तर्राष्ट्रियमा हात पारेको सबभन्दा फराकिलो अन्तरको जित हो ।
नेपालको जितमा कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । कुशलले ७७ रन बनाए । यस्तै कुशल मल्लले अविजित ५० र उपकप्तान दीपेन्द्र सिंह ऐरीले अविजित ४८ रन जोडे ।
बलिङमा करण केसी, कमलसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट गरे । ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएका करण केसी फाइनलको म्यान अफ दि म्याच बने ।
प्रतियोगिताभार चार अर्धशतक सहित सर्वाधिक २७८ रन बनाएका कुशल भुर्तेल प्लेअर अफ दि सिरिज बने । नेपालले ११ वर्षपछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो ।
प्रतिक्रिया 4