Comments Add Comment

भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे ३ लाख नयाँ संक्रमित

१२ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ६९१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ६९ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ लाख ९२ हजार ३११ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २६ लाख ८२ हजार नाघेको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा बढी ६७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा नयाँ संक्रमितको संख्या ३७ हजारभन्दा बढी छ भने कर्नाटकमा नयाँ संक्रमितको संख्या २९ हजारभन्दा बढी देखिएको छ ।

भारतमा अहिलेसम्म १४ करोड ९ लाख डोज कोरोनाविरुद्धको खोप मानिसलाई दिइसकिएको छ । भारतका केही राज्यहरुले कोरोनाको बढ्दो संक्रमणलाई मध्‍यनजर गर्दै लकडाउन वा सामाजिक गतिविधिमा प्रतिबन्ध लगाएका छन् । यद्यपि, संक्रमण भने रोकिएको छैन ।

भारतमा कोरोना संक्रमण बढिरहेको अवस्थामा अमेरिकाले पनि आवश्यक सहयोग गर्न तयार रहेको बताएको छ । यद्यपि, अमेरिकाले आफ्ना सबै नागरिकहरुलाई खोप पूरा नदिँदासम्म कोरोना खोप निर्यातमा लगाइएको प्रतिबन्ध जारी रहने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment