
१९ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको बिहार मधुवनी घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुष बाराको जितपुरसिमरा-२३ स्थित डाबर नेपालको लेखापालका रुपमा कार्यरत थिए । श्वास–प्रश्वासमा समस्या देखिएपछि वैशाख ५ गते नारायणी अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो । भोलिपल्ट रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो ।
रिपोर्ट आएकै दिन उपचारका लागि उनलाई नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान ४: ०० बजे उनको मृत्यु भएको नारायणी बयोधा अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4