+
+
Shares

महाकाली अस्पताललाई १० लाख रुपैयाँ आर्थिक सहयोग

रासस रासस
२०७८ वैशाख १९ गते १४:२४

१९ वैशाख, कञ्चनपुर । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आइतबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरीदका लागि बेदकोटले आर्थिक सहयोग गरेको हो ।

चेक हस्तान्तरण गर्दै नगरका प्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताइ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी (बोक्सर)ले पालिकाबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि प्रयास आवश्यक रहेको जानकारी दिए ।

अस्पतालमा अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव भइरहेका बेला पालिकाबाट पाइएको सहयोगले केही राहत पुगेको उनले बताए । यसैगरी, भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरिदका लागि अस्पताललाई रु २० लाख दिने घोषणा गरेको छ । कोरोनाको चेन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसँग सहकार्य गरिरहेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?