Comments Add Comment

दाङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, दाङ । कोरोना संक्रमणबाट दाङमा थप दुईजनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए ।

तुलसीपुरका पुरुष शनिबारदेखि उक्त अस्पतालमा उपचाररत थिए । उनको आइतबार दिउँसो  पौने १ बजे मृत्यु भएको हो । यस्तै, घोराहीका पुरुष वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

योसँगै बेलझुण्डी कोरोना अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको व्यवस्थापक वलीले बताए । अक्सिजन अभावकै कारण उनीहरुको मृत्यु भएको उनको भनाइ छ ।

‘हिजो बेलुका ८ बजेदेखि अक्सिजनको व्यवस्थापन गर्न भनी  जानकारी गराउँदा पनि  कुनै सुनुवाइ  भएको छैन, अहिले स्थिति संकटपूर्ण हुन लागिसक्यो,’ उनले भने । कोरोना अस्पताल बेलझुण्डीमा हाल ५९ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment