+

पुनरागमन जितसहित वेष्टहमको युरोपेली सपना कायम

२०७८ वैशाख  २१ गते ९:१२ २०७८ वैशाख २१ गते ९:१२
पुनरागमन जितसहित वेष्टहमको युरोपेली सपना कायम

२१ वैशाख, काठमाडौं । प्रिमियर लिगको पछिल्लो खेलमा वेष्टहमले बर्नलीलाई २-१ ले पराजित गर्दै अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै राखेको छ ।

बर्नलीको मैदानमा सोमबार राति भएको खेलमा मिचेल एन्टोनिओले दुई गोल गरेपछि वेष्टहमले बर्नलीविरुद्ध पुनरागमन जित हात पारेको हो ।

खेलको १२औं मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै बर्नलीलाई पहिले अग्रता दिलाएका थिए । तर एन्टोनिओले पहिलो हाफमै दुई गोल फर्काएपछि वेस्टहमले पुनरागमन जित हासिल गरेको हो ।

एन्टोनिओले २१ औं मिनेटमा बराबरी गोल फर्काए भने २९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै वेस्टहमलाई २-१ को जित दिलाए ।

यस जितपछि वेष्टहमले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने आशा जीवितै राखेको छ । वेष्टहमको ३४ खेलबाट ५८ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । चौथो स्थानको चेल्सीभन्दा वेष्टहम ३ अंकले पछि छ ।

प्रिमियर लिगकै अर्को खेलमा वल्भस र वेष्टब्रोमले १-१ को बराबरी खेलेका छन् ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय