Comments Add Comment

चिकित्सक संघको अपील : राजनीतिक जोडघटाउ रोकौं, जीवन रक्षालाई प्राथमिकतामा राखौं

२९ वैशाख, काठमाडौं । नेपाल चिकित्सक संघले राजनीतिक जोडघटाउ रोक्न र कोराना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई एकमात्र प्राथमिकता बनाउन अपील गरेको छ ।

जुनुसुकै बेला भयावह अवस्था आउनुसक्छ, तयारी गरौं भन्दा नसुनेका कारण आम नागरिकले अनाहकमा जीवन गुमाइरहको संघले बताएको छ ।

उसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अब केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने ।’

हाम्रो स्वास्थ्य प्रणालीलाई थप ढल्न नदिनका लागि सबैले भरथेग गर्नु अहिलेको आवश्यकता रहेको भन्दै संघले एउटा राष्ट्रिय संकल्पका साथ यो महामारीविरुद्ध लड्न सबैको संकल्प, सत्प्रयास र साथ आवश्यक रहेको बताएको छ ।

नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै देशभर ‘रेड अलर्ट’ घोषणा गर्दै सबैले आ-आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न संघले अपील गरेको छ ।

हेर्नुहोस् चिकित्सक संघको अपील :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment