Comments Add Comment

इजरायलका नेपालीलाई दूतावासले भन्यो-साइरन बज्दा झ्यालमा नजानू

२९ वैशाख, काठमाडौं । इजरायल र प्यालेस्टानबीचको बढ्दो द्वन्द्व र आक्रमणका बीच त्यहाँ रहने विदेशी नागरिकमा तनाव बढेको छ । सोही सन्दर्भमा इजरायलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सुरक्षित रहने आहृवान गरेको छ ।

दूतावासले एक अपील जारी गर्दै विगत केही दिनयता इजरायल र प्यालेस्टाइनबीच तनाव बढ्दै गएको र जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको बताएको छ ।

हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको जानकारी राजदूत डा. अन्जान शाक्यले दिएकी छिन् ।

उनले भनेकी छिन्, ‘यसले हामी सबैलाई त्रसित तुल्याएको छ, तथापि नआत्तिन तथा सम्भव भएसम्म सुरक्षाका उपायको खोजी गर्नेतर्फ लाग्न हामी इजरायलवासी सबै नेपालीमा हार्दिक अपील गर्दछौं ।’

उनले साइरन बज्नासाथ घर भित्रभए बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) भए नजिकैको बङ्करमा पुगिहाल्न समेत सुझाव दिएकी छिन् ।

त्यो उपलब्ध नभए सुरक्षित हुने उपाय अपनाउन उनले आग्रह गरेकी छिन् । कुनै समस्या परे दूतावास वा आˆनो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत उनले अपील गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment