+
+

सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाउन कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १९:५९
फाइल तस्वीर

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले देशका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई आइतबार टेलीफोन गरी द्रूतगतिमा विदेशबाट खोप आयातको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

टेलिफोन सम्वादको क्रममा नेता खाँणले कोभिड–१९ विरुद्धको खोपबाट नेपाली नागरिक वञ्चित हुने अवस्था आउन नदिन यथाशीघ्र आवश्यक खोप आयातको व्यवस्था मिलाउन मन्त्री त्रिपाठीसँग आग्रह गरेको कांग्रेसले जनाएको छ ।

नेता खाँणले जेष्ठ नागरिकहरुलाई पहिलो खोप दिए पनि हालसम्म दोस्रो डोज दिन नसकिएको भन्दै जेष्ठ नागरिकलाई यथाशक्य चाँडो दोस्रो खोप दिने व्यवस्था पनि मिलाउन आग्रह गरेका थिए ।

अक्सिजन अभावमा देशभर संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै उनले अक्सिजन सिलिण्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीहरुलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्न समेत नेता खाँणले मन्त्री त्रिपाठीसँग अनुरोध गरेको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?