
३ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रामचन्द्र रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
तत्कालीन कांग्रेस गुल्मी क्षेत्र नं-३ का पूर्वसभापति रिजालको यही जेठ १ गते भैरहवामा उपचारका क्रममा ८२ वर्षका उमेरमा निधन भएको थियो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत इश्मा गाउँ कार्यसमितिका पूर्वसभापति रिजालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4