Comments Add Comment

रुपन्देहीमा थप ८ जना संक्रमितको मृत्यु

५ वैशाख, बुटवल । रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् ।

बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको बुधबार बिहान ६:५८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै मंगलबार इमर्जेन्सीमै भर्ना भएका ओमसतिया गाउँपालिका रुपन्देहीका ४७ वर्षिय पुरुषको बुधबार बिहान ५:३० बजे मृत्यु भएको डा. गौतमले बताए ।

यस्तै तिनाउ गाउँपालिका–६ पाल्पाकी ६० वर्षीया महिलाको मंगलबार साँझ ४:२० बजे, बुटवल–१३ का ५२ वर्षिय पुरुषको मंगलबार साँझ ७:१० बजे र बुटवल– ७ का ६० वर्षीय पुरुषको बुधबार बिहान ७:३० बजे बुटवल धागो कारखानाको कोभिड अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको मंगलबार राति १२:४० बजे, वैशाख २५ गते भर्ना भएका रामग्राम–६ नवलपरासीका ४६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार बिहान १ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले जानकारी दिए ।

यससँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३७४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment