
५ जेठ, बर्दिया । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गरेका छन् ।
उपलब्ध रकम अस्पतालको माग अनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए ।
उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिए ।
दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरिका १२ अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4