+
+
Shares

गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छः दीपकराज गिरी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १२:४९

सामाजिक संजालमा समय सान्र्दभिक बिषयमा आफ्नो कुरा राख्न सिपालु मानिन्छन् निर्माता, लेखक तथा कलाकार दीपकराज गिरी । दीपकराज गिरीको स्टाटसको सामाजिक संजाल र मिडियामा चर्चा पनि राम्रै हुन्छ ।

उनै, दीपकले गणतन्त्र दिवसको अवसर पारेर सटिक विश्लेषण गरेका छन् । उनले, राजतन्त्र र गणतन्त्रको तुलना गर्दै लेखेको स्टाटसमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।

दीपकले लेखेका छन्–‘राजाको पालामा जे पनि आदेशमा चल्थ्यो । गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ । राजाको पालमा संसद भनेको पञ्चायतको अगं । गणतन्त्रमा संसद भनेको भंगका भंग । गणतन्त्र दिवसको शुभकामना ।’

सरकारले अध्यादेशमा विभिन्न कानुन ल्याएको र आज बजेट पनि अध्यादेश मार्फत नै ल्याउँदैछ । दीपकले यसलाई नै ब्यङ्ग्य कसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?