
१८ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक घरमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ ।
स्थानीय वैद्यनाथ झाको घरमा बुधबार प्रहरीले सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला पारेको हो । धनुषाका प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार उक्त घर लामो समयदेखि खाली थियो ।
बाहिरबाट ताला लगाएको घरको ओछ्यानमा सिरकले छोपेको अवस्थामा शव फेला परेको हो । दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले ताला तोडेर भित्र हेर्दा बेडमा सिरकले छोपिएको अवस्थामा शव फेला परेको मिश्रले बताए ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । ‘घटना शंकास्पद देखिएको छ’ डीएसपी मिश्रले भने, ‘थप अनुसन्धान शुरु गरेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4