+

इङ्ल्याण्डको टिममा आर्नोल्डको स्थानमा बेन ह्वाइट

२०७८ जेठ  २४ गते १४:५९ २०७८ जेठ २४ गते १४:५९
इङ्ल्याण्डको टिममा आर्नोल्डको स्थानमा बेन ह्वाइट

२४ जेठ, काठमाडौं । डिफेण्डर बेन ह्वाइट युरोकपका लागि इङ्लिस टिममा समावेश भएका छन् । यसअघि अन्तिम टोलीमा परेका डिफेण्डर ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड घाइते भएर टिमबाट बाहिरिएपछि उनको स्थानमा ह्वाइटलाई राखिएको हो ।

अष्ट्रेलिया विरुद्धको मैत्रीपूर्ण खेलमा आर्नोल्ड घाइते भएका थिए ।

प्रिमियर लिग क्लब ब्राइटनका सेन्टर ब्याक बेन ह्वाइट यसअघि ३३ सदस्यीय प्रारम्भिक टोलीमा परे पनि अन्तिम टोलीमा स्थान बनाउन असफल भएका थिए । तर लिभरपुलका डिफेन्डर आर्नोल्ड करिब ६ हप्ता मैदान बाहिर रहने भएपछि ह्वाइटले अवसर पाएका हुन् ।

इङ्ल्याण्डको पछिल्लो मैत्रीपूर्ण खेलमा रोमानिया विरुद्ध ह्वाइटले राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक गारेथ साउथगेटले उनलाई टिममा बोलाएका हुन् ।

यही जुन ११ देखि सुरु हुने युरोकपमा इङ्ल्याण्ड समूह डी मा छ । यस समूहमा क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक पनि छन् ।

युरोकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय