३१ जेठ, काठमाडौं । युरोकप २०२० मा नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । गएराति भएको रोमाञ्चक खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ ले पराजित गरेको हो ।
जितपछि समूह सीमा नेदरल्याण्ड्सले ३ अंक जोडेको छ । घरेलु मैदान जोहान क्रफ एरेनामा डेन्जेल डुमफ्राइसजले खेल सकिन पाँच मिनेटअघि विजयी गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा ५ गोल भएको थियो । खेलको ५२औं मिनेटमा जर्जिनिओ विज्नाल्डमले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए । ५८औं मिनेटमा वेट वेघोर्स्टले गोल गर्दै अग्रता दोब्बर पारे ।
७५औं मिनेटमा एन्ड्री यर्मोलेन्को र ७९औं मिनेटमा रोमन यारेमचुकले गोल गरेपछि युक्रेनले खेल बराबरी गर्यो । तर डेन्जलले ८५औं मिनेटमा निर्णायक गोल गर्दै डच टोलीलाई ३ अंक दिलाए ।
प्रतिक्रिया 4