Comments Add Comment

काठमाडौं किंग्स ११ को प्रशिक्षकका लागि आवेदन खुल्ला

९ असार, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएफ) फ्रेन्चाइज काठमाडौं किंग्स ११ ले मुख्य प्रशिक्षकका लागि आवेदन खुल्ला गरेको छ ।

टेलिहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गरी आगामी सिजन २०२१/२२ का लागि प्रशिक्षकको आवेदन खुल्ला गरेको जनाएको छ । ईपीएलको चौथो संस्करण आगामी असोजमा हुने तय छ ।

२०७६ को चैतमा ईपीएल आयोजना गर्ने तय भए पनि कोरोना महामारीले गर्दा स्थगित भएको थियो । काठमाडौं किंग्सको प्रशिक्षकमा विनोद दास थिए । तर उनी अहिले नेपाल क्रिकेट संघ (क्यान)को क्रिकेट म्यानेजर रहेकोले काठमाडौंले नयाँ प्रशिक्षकको खोजी गरेको हो ।

प्रशिक्षक पदका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै प्रशिक्षकले आवेदन दिन सक्नेछन् । प्रशिक्षक बन्नका लागि आईसीसी/एसीसी वा सीए लेभल २ वा त्यो भन्दामाथिको योग्यता हुनुपर्नेछ । यस्तै फेन्चाइज टिम र अन्तर्राष्ट्रिय लिगमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।

काठमाडौं किंग्सले प्रशिक्षकका लागि फर्स्ट क्लास र अन्तर्राष्ट्रिय म्याच खेलेको अनुभव हुनुपर्ने बताएको छ । इच्छुकहरुले आगामी जुलाई २० सम्म आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment